सुदूर नेपाललाई विश्वसँग जोड्दै

तरकारीवालीको इच्छा अनमोलको हिरोइन बन्ने 

२०७५ वैशाख ५, १२:३४

चितवन र गोरखाबीचको त्रिशुली नदीको झोलुङ्गे पुलमा तरकारी बोकेकी युवती कुशुम श्रेष्ठको फोटो पर्यटन व्यावसायी रुपचन्द्र महर्जनले खिचेर फेसबुकमा हालेपछि करीब १ वर्ष अगाडि सामाजिक सञ्जालमा ठूलै हलचल मच्चियो। नेपालमा मात्र होइन भारत लगायतका देशमा समेत उक्त तश्बिरले धूम मच्चायो। गाउँकी एक साधारण युवती कुशुम रातारात सेलिब्रेटी बनिन्। दर्जनौं फिल्मबाट अफर आए। म्यूजिक भिडियोको अफर गनिसाध्य छैन। यसैबीच उनले बैशाख २८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘लम्फू’ साइन गरिन्। ‘तरकारीवाली’को नाम जोडिएकै कारण दिन प्रतिदिन यस फिल्मको हाइप बढ्दो छ। गत बिहीवार फिल्मको ट्रेलर समेत सार्वजनिक भयो। उनी आफ्नो भूमिका छोटो भएपनि राम्रो रहेको सुनाउँछिन्। उनी भन्छिन्, ‘राम्रो भूमिका पाएर ‘लम्फू’ गरेँ।

अब दर्शकको प्रतिक्रिया बुझ्न आतुर छु ।’ उनी यो फिल्म रिलिजपछि मात्र अन्य फिल्म गर्ने वा नगर्ने भन्ने कुराको निधो गर्ने बताउँछिन्। उनी अभिनेता तथा मोडल पुष्प खड्काको ठूलै प्रशंसक रैछन्। कोसँग पर्दामा स्क्रिन शेयर गर्ने मन छ ? भन्ने प्रश्नमा उनले झट्टै उत्तर दिइन्, ‘पुष्प खड्का साह्रै मन पर्छ। मैले उहाँको हरेक भिडियो हेरेको छु। फिल्म ‘मंगलम’ पनि निकै राम्रो लाग्यो । उहाँसँग काम गर्न पाएँ भने नाईँ भन्दिनँ।’ पुष्प मात्र होइन उनलाई अहिलेका चल्तिका स्टार नायकसँग पनि काम गर्ने ठूलो इच्छा रहेछ। उनी भन्छिन, ‘अनमोल केसी, प्रदीप खड्का, पल शाह, सलिनमान बनियाँ पनि खुब मन पर्छ। उहाँहरुको जोडी भएर काम गर्न चाहन्छु।’ उनी अभिनेत्री द्वय आँचल शर्मा र पूजा शर्माको पनि ठूलो फ्यान रहेको बताउँछिन्।
फिल्मीखबरबाट
 

कमेन्ट लोड गर्नुस