सुदूर नेपाललाई विश्वसँग जोड्दै

हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने

। फोटो स्रोत ।
२०७५ फाल्गुन १०, ०६:५७ खबर संवाददाता

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यही फागुन १५ गतेदेखि हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने भएको छ। महाशाखाले शुक्रबार पत्रकार सम्मेलन गरी १५ जिल्लामा औषधि खुवाउने जानकारी दिएको हो।
‘क्युलेक्स’ नामक लामखुट्टेको टोकाइबाट सर्ने हात्तीपाइले रोगबाट हाल ३० हजार मानिस प्रभावित रहेको दाबी महाशाखाले गरेको छ। पत्रकार सम्मेलनमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. विवेककुमार लालले औषधि सेवन गरेका ४८ जिल्लाका मानिसमा हात्तीपाइले रोगको समस्या नदेखिएको र वर्षको एकपटकको दरले ६ वर्षसम्म औषधि सेवन गर्दा रोग निवारण गर्नसकिने बताए। १५ जिल्लाका ७६ लाख ४९ हजारलाई औषधि खुवाउन २० करोड ६० लाख रुपैयाँ छुट्याइएको जनाइएको छ।गर्भवती, सुत्केरी तथा दुई वर्ष कम उमेरका बालबालिकाले भने सो औषधि सेवन गर्नु हुँदैन। यस्तै, क्यान्सर, मुटुरोगीलगायत दीर्घरोगको औषधि सेवन गरेका बिरामीलेसमेत हात्तीपाइले रोगविरुद्धको औषधि खानु हुँदैन। यस्तै, विभिन्न ३४ ओटा अस्पतालबाट ४१ सय ७० जना ‘हाइड्रोसिल’का बिरामीको निःशुल्क  शल्यक्रियासमेत गरिने जनाएको छ।
 

कमेन्ट लोड गर्नुस