सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका तीन जिल्लामा निशुल्क स्वास्थ्य शिविर हुने

२०७५ फाल्गुन ११, ०१:०२ खबर संवाददाता

सुदूरपश्चिमका तीन जिल्लामा निशुल्क स्वास्थ्य शिविर हुने भएको छ। सुदूरपश्चिमेली नेपाली समाजहरुको सयुंक्त आयोजनामा डडेल्धुरा, डोटी र बाजुरा जिल्लामा निशुल्क स्वास्थ्य शिविर हुने भएको हो। धनगढीको माया मेट्रो अस्पालको सहयोगमा निशुल्क स्वास्थ्य शिविरको आयोजना हुने भएको हो। शिविरमा पाठेघर सम्बन्धी समस्या भएका महिलाहरुको स्वास्थ्य जाँच गरिने छ। 

फागुन २६ र २७ गते शिखर नगरपालिकाको गोपघाट डोटीमा, फागुन २९ र ३० गते बाजुराको बुढिगंगा नगरपालिकामा र चैत्र २ र ३ गते डडेल्धुराको अजयमेरु गाउँपालिकामा स्वास्थ्य शिविरको आयोजना हुने भएको हो। 
 

कमेन्ट लोड गर्नुस