सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा निशुल्क स्वास्थ्य शिविरबाट ३ सय ९२ बासिन्दा लाभान्वित

२०७५ फाल्गुन ११, ०७:१०

कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ का ३ सय ९२ स्थानीय बासिन्दाले स्वास्थ्य शिविरबाट स्वास्थ्य सेवा लिएका छन्। निशुल्क स्वास्थ्य शिविरबाट खैरेनी, रानीकुण्डा र बुटकौवाका ज्येष्ठ नागरिक बढीजसो लाभान्वित भएका हुन्। उनीहरूको स्वास्थ्य शिविरमा निशुल्क रूपमा आँखा परिक्षण गरिएको छ भने, चेकजाँचसंगै औषधी समेत वितरण गरिएको छ। वडा नम्बर ३ वडा कार्यालयको आयोजनामा दोदोधरा स्वास्थ्य चौकी र धनगढी नेत्रालय आँखा अस्पताल प्रालिको संयुक्त सहकार्यमा स्वास्थ्य शिविर संचालन गरिएको थियो। जगदम्बिके भगवती माविमा शनिबार आयोजित स्वास्थ्य शिविरमा ५० देखि १०५ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकले समेत सेवा लिएको वडासचिब रामभजन डंगौराले जानकारी दिए।

ग्रामीण स्तरमा रहेका आँखाको समस्याका बिरामीको सहज उपचारका लागि शिबिर सञ्चालन गरिएको धनगढी नेत्रालय आँखा अस्पताल प्रालिका कार्यक्रम संयोजक त्रिलोक पाण्डेयले बताए। शिबिरमा २ सय ४० महिला र १ सय ३० पुरुष गरि ३ सय ७० जनाले आँखाको चेकजाँच गरेका छन्। 

कमेन्ट लोड गर्नुस