सुदूर नेपाललाई विश्वसँग जोड्दै

मिर्गौलासम्बन्धी रोग लागेका झण्डै ५ हजार विपन्न नागरिकलाई सरकारको सहयोग

। फोटो स्रोत ।
२०७५ फाल्गुन १३, ०४:०२ खबर संवाददाता

आर्थिक रुपमा विपन्न मिर्गौलासम्बन्धी विभिन्न रोगको समस्यामा परेका झण्डै ५ हजार जनालाई सरकारले आर्थिक सहयोग गरेको छ। 
अहिलेसम्म ४ हजार ६ सय ९८ मिर्गौलासम्बन्धी समस्या भएका नागरिककलाई आर्थिक सहयोग दिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रत्यारोपणपछि औषधि खानका लागि एक लाख रुपैयाँ सहयोग दिन्छ। यस्तै मिर्गौलाको डायलाइसिस पनि निशुल्क छ। बिरामीले विपन्न नागरिक औषधि उपचार सहुलियतका लागि सम्बन्धित गाउँपालिका वा स्थानीय तहबाट सिफारिस पत्र ल्याएपछि सरकारी सहयोग  पाउने छन्।
 

कमेन्ट लोड गर्नुस