सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वास्थ्य विमालाई देशब्यापी विस्तार गर्न माग

। फोटो स्रोत ।
२०७५ फाल्गुन १४, ०२:११ खबर संवाददाता

स्वास्थ्य विमालाई देशब्यापी विस्तार गर्न माग गर्दै संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश भएको छ।
पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका नेकपा सांसद खगराज अधिकारीले प्रस्ताव प्रस्तुत गर्दै सबै जिल्लामा स्वास्थ्य विमाको कार्यक्रम विस्तार गर्नुपर्ने बताएका हुन्। स्वास्थ्य विमा कार्यक्रम हाल ३९ जिल्लामा लागू गरिएको छ। स्वास्थ्य विमामार्फत स्तरीय स्वास्थ्य सेवा दिन जनशक्ति उत्पादनमा पनि जोड दिनुपर्ने उल्लेख गर्दै अधिकारीले १४ सय डाक्टरले जनतालाई गुणस्तरीय सेवा दिन अप्ठेरो हुने बताए। सांसद अधिकारीले गुणस्तरीय औषधी, उपकरण र जनशक्तिको प्रवन्ध गरी ७ वटै प्रदेशमा आईसीयू सुविधासहितको अस्पताल सञ्चालन गर्न आवश्यक रहेको पनि बताए। एमबीबीएसको अध्ययन शुल्क सरकारले ४२ लाख तोकेकोमा मेडिकल कलेजहरुले ५२ लाखसम्म शुल्क लिइरहेको भन्दै उनले नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

 

कमेन्ट लोड गर्नुस