सुदूर नेपाललाई विश्वसँग जोड्दै

शेखर कोइरालालाई कोरोना संक्रमण

२०७९ साउन १४, ०८:०८ खबर संवाददाता

काठमाडौंः नेपाली कांग्रेसका नेता शेखर कोइरालालाई कोरोना संक्रमण भएको छ। शुक्रबारदेखि ज्वरो, खोकी र वान्ता हुने समस्या देखिएका कोइरालालाई शनिबार दिउँसो संक्रमण पुष्टि भएको हो।

शनिबार विहान उपचारका लागि ग्राण्डी अस्पताल पुगेका कोइराला त्यहीँ भर्ना भएका उनका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए। नेता कोइराला पछिल्लो समय मधेशका विभिन्न जिल्लामा पार्टी कार्यक्रममा सहभागी थिए।
 

कमेन्ट लोड गर्नुस