सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘यो माफियाको सरकार हो’

२०७९ साउन १६, ०७:३२ खबर संवाददाता

काठमाडौंः नेकपा एमालेका महासचिव शंकर पोखरेलले यो सरकार माफियाको भएको बताएका छन्। भ्रष्टाचार र महंगीविरुद्ध एमालेले सोमबार राजधानीमा गरेको प्रदर्शनलाई सम्बोधन गर्दै महासचिव पोखरेलले भ्रष्टाचार र महंगीविरुद्ध जनता सडकमा आउनुपर्ने बताए।

एमाले नेतृत्वको सरकारले ४ प्रतिशतमा कायम राखेको महंगी अहिले बढेर ८ प्रतिशतमाथि लागेको भन्दै उनले भने, ‘यो सरकारका कारण महंगी बढेको छ, जनताको जीवनस्तर कष्टकर बनेको छ।’उनले भने, ‘यो जनताको हितको प्रतिनिधित्व गर्न सक्ने सरकार होइन। माफियाको सरकार हो।’

कमेन्ट लोड गर्नुस