सुदूर नेपाललाई विश्वसँग जोड्दै

सत्तारुढ पाँच दलीय गठबन्धनबीच निर्वाचनमा तालमेलको सहमति 

फाइल फोटो
फाइल फोटो
२०७९ साउन २०, ०२:०७ खबर संवाददाता

धनगढी: सत्तारुढ पाँच दलीय गठबन्धन ४ मंसिरको प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तालमेल गर्न सहमत भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको बैठकले चुनावी तालमेल गर्ने निर्णय गरेको हो।

सिट बाँडफाँटको विषय भने बैठकले टुङ्ग्याएको छैन। चुनावी तालमेललाई न्यायपूर्ण र व्यवस्थित बनाउनका लागि कार्यदल गठन गरी अघि बढ्ने सहमति भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले बताए।

 

कमेन्ट लोड गर्नुस