सुदूर नेपाललाई विश्वसँग जोड्दै

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जापान प्रस्थान

२०७९ साउन २१, ०६:१८ खबर संवाददाता

काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार राति पाँच दिन लामो जापान भ्रमणमा गएका छन्। 

नेपाली जनप्रगतिशील मन्च जापानको निमन्त्रणामा अध्यक्ष प्रचण्ड सचिवालयका तीन सदस्यसहित शुक्रबार बेलुकी १० बजे नेपाल वायुसेवा निगमको उडानबाट जापानतर्फ लागेका हुन्।

दाहाल नेपाली जनप्रगतिशील मञ्च जापानको निमन्त्रणामा त्यसतर्फ गएका हुन्। उनीसँगै स्वकीय सचिव रमेश मल्ल, छोरी गंगा दाहाल, सूर्य किरण रहेका छन्।

कमेन्ट लोड गर्नुस