सुदूर नेपाललाई विश्वसँग जोड्दै

सागर ढकाल भन्छन्ः प्रधानमन्त्री देउवाको घर पुर्ननिर्माण गरिदिन्छु 

२०७९ साउन २२, ०२:०० खबर संवाददाता

धनगढीः प्रधानमन्त्री शेरबहादुर देउवासँग उनकै गृहजिल्लामा चुनाव लड्न कस्सिएका सागर ढकालले देउवाको घर पुर्ननिर्माण गरिदिने बताएका छन्। ढकालले डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडानम्बर ५ स्थित रुवाखोलामा रहेको देउवाको जीर्ण घर बनाइदिने बताएका हुन्। 

डडेल्धुराका देउवा पटकपटक प्रधानमन्त्री भएर पनि सो घरबारे चासो नै नदिएको ढकालको दाबी छ। देउवासँगै चुनाव लड्ने घोषणा गरेर डडेल्धुरा पुगेका ढकालले उनकै घर पुगेर पुर्ननिर्माण गरिदिने बताएका हुन्। अहिले देउवाको घर भत्किसकेको अवस्थामा छ। उक्त घर ऐतिहासिक भएकाले संरक्षण आवश्यक रहेको उनको भनाइ छ। 

ढकालले अहिले चुनावी तयारीको अभियान सुरुवात गरेका छन्। देउवाको गाउँ रुवाखोला पुगेर सागर ढकालले अभियान थालेका थिए। ५ वर्षअघि बीबीसीको साझा सवाल कार्यक्रममा देउवालाई प्रश्न सोधेर गुल्मीका सागर ढकाल चर्चामा आएका थिए। ढकाल पेशाले इन्जिनियर हुन्। उनले बेलायतको अक्सफोर्ड युनिभर्सिटीबाट अध्ययन गरेर आएको बताएका छन्।

कमेन्ट लोड गर्नुस