कोमल ओलीले दाङ ३ बाट चुनाव लड्ने
२०७९ साउन २९, ०४:५४
दाङ: नेकपा एमाले केन्द्रीय सदस्य कोमल ओलीले दाङ क्षेत्र नम्बर तीनबाट चुनाव लड्ने घोषणा गरेकी छन्। चुनाव लड्ने भएपछि ओलीले पछिल्लो समय दाङमै बसेर राजनीतिक गतिविधि अघि बढाउँदै लगेकी छन्।
सोही क्षेत्रबाट नेकपा एकीकृत समाजवादीका नेता हिराचन्द्र केसीले पाँच दलीय गठबन्धनबाट चुनाव लड्ने तयारी गरेका छन्। यस्तै नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिपक गिरीले समेत सो क्षेत्रमा आफ्नो दाबी गरिरहेका छन्।
कमेन्ट लोड गर्नुस