सुदूर नेपाललाई विश्वसँग जोड्दै

माओवादी केन्द्रको महासचिवमा चौथो वरीयताका देव गुरुङ

२०७९ भदौ ४, ०४:२७ खबर संवाददाता

काठमाडौँः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देव गुरुङलाई महासचिव बनाउन प्रस्ताव गरेका छन्। शनिबार पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहालले गुरुङलाई महासचिवमा प्रस्ताव गरेका हुन्।

दाहालले गुरुङलाई प्रस्ताव गरेपछि बैठकले उनको नाम अनुमोदन गर्ने छ। गुरुङ माओवादीमा चौथो वरीयताका नेता हुन्। महासचिवमा जनार्दन शर्मा र वर्षमान पुनबीच सहमति नजुटेपछि दाहालले तेस्रो विकल्पको रुपमा गुरुङलाई अघि सारेका हुन्। गुरुङलाई महासचिव बनाउन वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र पुनलगायतका नेताले जोड गरेका थिए।

कमेन्ट लोड गर्नुस