सुदूर नेपाललाई विश्वसँग जोड्दै

ऋषि धमलाकी पत्नीको उत्तेजक डान्स भाइरल

२०७९ भदौ ५, ०१:३८ खबर संवाददाता

काठमाडौंः नेपालमा प्राय ट्रोल हुने पात्रमध्येका एक हुन् पत्रकार ऋषि धमला। अन्तरवार्तामा उनको अस्वभाविक प्रस्तुति र हाउभाउका कारण उनी सँधै ट्रोल बन्छन्। धमला यो पटक पनि ट्रोल बनिरहेका छन्। तर। कारण भने श्रीमती एलिजा गौतम हुन्। 

एलिजाले एक पार्टीमा गरेको उत्तेजक डान्स अहिले टिकटकमा भाइरल छ। एलिजाको उक्त डान्सको क्लीप सेयर गर्दा सबैले निशाना चाहिँ ऋषि धमलालाई बनाएका छन्। भिडियामा सारीचोलोमा सजिएका केही महिलाहरु पार्टीमा रमाइरहेको देखिन्छ। 

छोटो फुटेज मात्रै सार्वजनिक भएकाले यो डान्स कहिले र कहाँ गरेको भन्ने खुलेको छैन। एलिजा अहिले क्यानाडामा छिन्। सम्भवत क्यानाडामा नै तिजको अवसरमा आयोजित पार्टी हुन सक्छ। उनी आफैंले इन्टाग्राममा यो क्लीप सेयर गरेपछि भाइरल भएको हो।

कमेन्ट लोड गर्नुस