सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा प्रेमगीत-३ को टिम 

२०७९ भदौ ५, ०३:१० खबर संवाददाता

धनगढीः चलचित्र प्रेमगीत ३ को टोली प्रचारप्रसारका लागि धनगढी पुगेको छ। असोज ७ गतेदेखि देशभर प्रर्दशनमा आउन लागेको उक्त चलचित्रको टिमले एसटीएस सिनेमाहलको भ्रमण पनि गरेको छ। 

प्रचारप्रासर टोलीमा चलचित्र प्रचारप्रसार निर्देशक एवम् चलचित्रका सहायक निर्देशक सुदिप पौडेल, आसुसेन फिल्मका मेनेजर हिमालजंग मल्ल रहेका छन्। यसपछि भोलि उक्त टिम दाङ जाने कार्यक्रम रहेको बताइएको छ। सन्तोष सेनले निर्माण गरेको चलचित्र प्रेमगीत ३ असोज ७ गतेदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शन हुदैंछ।

उक्त फिल्ममा नायक प्रदिप खड्काको मुख्य भूमिका रहेको छ।

कमेन्ट लोड गर्नुस