सुदूर नेपाललाई विश्वसँग जोड्दै

गम्भीर कुरा गर्दा देउवा मुन्टा हल्लाएर बसेः ओली

२०७९ भदौ ९, ०७:५७ खबर संवाददाता

काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता र संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे आफूले प्रधानमन्त्रीसँग गम्भीर आपत्ति जनाएको बताएका छन्।

बिहीबार केन्द्रीय कार्यालय, च्यासलमा बसेको पोलिटब्यूरो बैठकमा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग बुधबार बालुवाटारमा भएको भेटबारे ब्रिफिङ गरेका हुन्। ‘सरकारले गरेको कामप्रति गम्भीर आलोचना जनाएँ’ बैठकमा ओलीले भने, ‘यो–यो गर्नुहोस्, तपाईहरुले मनपरी गर्नु पाउन हुन्न भनेको छु।’

आफैंले बालुवाटार बोलाएर भएको छलफलमा प्रधानमन्त्री देउवाले कुनै जवाफ नदिएको ओलीले ब्रिफिङ गरेका थिए। ‘त्यत्रो गम्भीर कुरा गरेको छ, मुन्टा हल्लाएर बसे’, ओलीको ब्रिफिङ थियो।
 

कमेन्ट लोड गर्नुस