सुदूर नेपाललाई विश्वसँग जोड्दै

पहाडमा पूर्वाधार नबन्दा बसाइँसराइ रोकिएन: प्रधानमन्त्री देउवा

२०७९ भदौ ११, ०३:२२ खबर संवाददाता

बुटवल: प्रधानमन्त्री शेरबहादुर देउवाले पहाडमा आवश्यक शहरी पूर्वाधार नबन्दा बसाइँसराइ रोक्न नसकिएको बताएका छन्। शनिबार बुटवलमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले अनियन्त्रित बसाइँसराइ रोक्न हिमाली र पहाडी क्षेत्रमा पनि व्यवस्थित शहरीकरणको विकासलाई सरकारले प्राथमिकतामा राखेको बताए।

नेपालका अधिकांश शहरहरू व्यवस्थित र योजनावद्ध हिसाबले नबनेको उल्लेख गर्दै देउवाले अव्यवस्थित शहरका कारण स्वास्थ्य, विपद् लगायत सामाजिक विकृतिहरु निम्तिएको बताए।

व्यवस्थित सहरीकरणबाट मात्रै आर्थिक, सामाजिक र शैक्षिक गतिविधिले गति लिन सक्ने र दीगो विकास लक्ष्य हासिल गर्न सकिने प्रधानमन्त्रीले बताए। सुन्दर, स्वच्छ शहर अहिलेको आवश्यकता भएकामा जोड दिँदै उनले शहरी पूर्वाधारलाई व्यवस्थित बनाउनुको विकल्प नभएको बताए।

कमेन्ट लोड गर्नुस