सुदूर नेपाललाई विश्वसँग जोड्दै

मन्त्री सोडारी प्रतिनिधिसभा सदस्यका लागि चुनाव लड्ने

२०७९ भदौ १२, ११:५६ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी प्रतिनिधिसभा सदस्यका लागि चुवान लड्ने भएका छन्। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) कैलालीले उनको नाम क्षेत्र नम्बर ४ बाट सिफारिस गरेको हो। शनिबार धनगढीमा बसेको जिल्ला कमिटीको बैठकमा उनको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो।

कैलाली–४ बाट उनको नाम मात्रै सिफारिस गरिएको पार्टीले बताएको छ।  जिल्ला कमिटीले पनि सोडारीलाई नै एकल रुपमा सिफारिस गर्ने निर्णय गरेको छ।  नेकपा (एस)का केन्द्रीय कमिटी सदस्य तथा कैलाली जिल्ला इन्चार्ज समेत रहेका सोडारी २०७४ को निर्वाचबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।  सोडारी सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री हुँदै हाल भौतिक पूर्वाधार विकास मन्त्री छन्। 


 

कमेन्ट लोड गर्नुस