सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा ओलीले क-कसलाई गर्दैछन् स्वागत ? 

फाइल फोटो
फाइल फोटो
२०७९ भदौ १२, ०१:३७ खबर संवाददाता

धनगढीः कञ्चनपुरमा माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) लाई झट्का लाग्ने भएको छ। समाजवादी पार्टीका प्रदेश अध्यक्षसहितका प्रदेशका ठूला नेता नेकपा एमालेमा फर्किने भएपछि झट्का लाग्ने भएको हो।

एमाले कञ्चनपुरका अनुसार समाजवादीका प्रदेश अध्यक्ष विक्रम शाही, प्रतिनिधि सभा सदस्य विना बुढाथोकी, प्रदेश सभा सदस्य तारालामा तामाङ, नेता बीरबहादुर बुढाथोकी, बेदकोट नगरपालिकाका निर्वतमान मेयर अशोक चन्द, नेता रामचन्द्र रेग्मीलगायत नेताहरु पार्टी प्रवेशको कार्यक्रम छ। कञ्चनपुरमा समाजवादीमा लागेका ८० प्रतिशत नेता कार्यकर्ताहरु एमालेमा फर्किन लागेका दाबी गरिएको छ। 

तारालामा बलियो जनआधार भएका नेता मानिन्छन्। उनी कञ्चनपुर–१ बाट प्रदेशसभामा प्रतिनिधित्व गर्दछन्। उनी सुदूरपश्चिम सरकारका अर्थमन्त्रीसमेत भएका थिए। तारालामा एमालेमा फर्किंदा त्यसको असर सत्ता गठबन्धनलाई समेत पर्ने सम्भावना छ। यस्तै विक्रम शाही एमाले कञ्चनपुरका पूर्व जिल्ला इञ्जार्ज समेत हुन्। उनीहरुलाई दिने जिम्मेवारीबारे पार्टीमा छलफल हुने एमाले नेताहरुले बताएका छन्। यस्तै केही माओवादीका नेताहरु पनि एमाले प्रवेश गर्ने बताइएको छ। 

उनीहरुलाई पार्टीमा स्वागत गर्न एमाले अध्यक्ष केपी ओली बुधबार कञ्चनपुर आउन लागेका छन्।

कमेन्ट लोड गर्नुस