आरजु देउवा अनुचित लाभ उठाएर अर्बौं कमाउने खेलमा छिन्ः महेश बस्नेत
धनगढीः नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा सांसद महेश बस्नेतले अहिलेको सरकार देश र जनताको सरकार नभएको आरोप लगाएका छन्। एमाले भक्तपुर जिल्ला कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै बस्नेतले प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाले सरकार चलाएको दाबी गरे।
श्रीमान पदमा भएको कुराको अनुचित लाभ उठाएर अर्बौं कमाउने खेलमा प्रधानमन्त्री पत्नी लागेको उनको दाबी छ। ‘आगामी निर्वाचनपछि देशको प्रधानमन्त्री हुने दौडमा एमालेका अध्यक्ष ओली एक नम्बरमा, वर्तमान प्रधानमन्त्री देउवा दुई नम्बरमा, प्रचण्ड तीन र आरजु राणा चार नम्बरमा रहेको छन्,’ बस्नेतले भने।
प्रचण्ड र आरजु राणा प्रधानमन्त्री हुनु भनेको देशको लागि दुर्भाग्य हुने एमाले नेता बस्नेतको भनाइ छ। आगामी निर्वाचनमा एक बुथ दुई सय युथको अवधारणा एमालेले अगाडि सारेकाले सोही अनुसार तयारी गर्न बस्नेतले पार्टीका नेता कार्यकर्तालाई निर्देशन समेत दिएका छन्।