सुदूर नेपाललाई विश्वसँग जोड्दै

कार्यकर्तालाई ओलीको निर्देशनः सर्प बन्नूस्, गड्यौंला होइन

२०७९ भदौ १८, १२:२७ खबर संवाददाता

धनगढीः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना कर्याकर्तालाई गड्यौला जस्तो होइन, सर्पजस्तो बन्न निर्देशन दिएका छन्। शनिबार सुनसरीको दुहबीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेका विरोधीविरुद्ध छुनासाथ लल्याकलुलुक हुने गड्यौंलाजस्तो नभई सर्पजस्तो डस्ने बन्न निर्देशन दिएका हुन्।  

‘सुनसरी क्षेत्र नम्बर ३ मा यसअघि पनि भगवती चौधरीले २ पटक चुनाव जितेकी थिइन्’, उनले भने, ‘प्रहरी प्रशासन लगाएर बाकस कब्जा गरेर विरोधीले चुनाव जिते, भगवतीले हारिन्। यसपटक त्यसो हुन नदिनोस्।’ अध्यक्ष ओलीले आगामी निर्वाचनमा त्यसो हुन नदिन एमाले कार्यकर्ताहरू अहिलेदेखि नै सचेत हुनुपर्ने बताए। 
 

कमेन्ट लोड गर्नुस