निर्वाचन आएपछि सधैं हारिएलाकी भन्ने डरले सताउछः महामन्त्री थापा
धनगढीः नेपाली काग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचन आएपछि हारिएलाकी भन्ने डर आफूलाई सधैं हुने गरेको बताएका छन्। चुनावमा जित र हार दुवै हुने भएपनि आफूलाई हारिएलाकी भन्ने डरले बढि सताउने गरेको अनभूति सुनाए।
काठमाडौंको बुढानीलकण्ठस्थित भ्याली पब्लिक माध्यामिक विद्यालयले शनिबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले विद्यार्थीहरुलाई पनि परीक्षामा फेल होइएलाकी भन्न डर लाग्ने अवस्था आउन नदिन उनीहरुलाई फेल पनि भइन्छ भन्ने कुरा सिकाउन आवश्यक रहेको बताए। पूर्वमन्त्रीसमेत रहेकाका महामन्त्री थापाले सफलता र असफलता दुवै कुरा जिन्दगीमा हुने कुरालाई बोध गराउँदै विद्यार्थीहरुको पठनपाठनलाई अघि बढाउन पनि सो विद्यालयलाई आग्रह गरे।