सुदूर नेपाललाई विश्वसँग जोड्दै

आरजु डडेल्धुराबाट फेरि समानुपातिकमा सिफारिस 

२०७९ असोज ३, ०२:३६ खबर संवाददाता

धनगढीः नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवालाई डडेल्धुराबाट समानुपातिक पदको उम्मेदवारको रूपमा सिफारिस गरिएको छ। सुदूरपश्चिम प्रदेश समितिले आइतबार राणालाई खस आर्य महिला समूहबाट समानुपातिक पदका लागि सिफारिस गरेको हो। 

प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी राणाको नाम यसअघि सुदूरपश्चिममा कैलाली–५ बाट प्रत्यक्ष तथा डडेल्धुराबाट समानुपातिक उम्मेदवारका लागि सिफारिस भएको थियो। २०७४ को निर्वाचनमा उनी कैलाली–५ मा नारदमुनि राणासँग पराजित भएकी थिइन्।

कमेन्ट लोड गर्नुस