मौलिक जरोकिलो पार्टीले सावित्रीलाई बनायो सुदूरपश्चिमको मुख्यमन्त्रीको उम्मेदवार
धनगढीः मौलिक जरोकिलो पार्टीले सुदुरपश्चिम प्रदेशमा चुनावी तयारी थालेको छ। पार्टीले धमाधम चुनाव लड्न उम्मेदवारहरु टुंगो लगाइरहेको छ।
यस्तै चुनावअघि नै मौलिक जरोकिलो पार्टीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीको उम्मेदवारको रूपमा सावित्री गिरीलाई अगाडी सारेको छ। पार्टीको प्रदेश महासचिव गिरीलाई मुख्यमन्त्री प्रस्ताव गरेर आसन्न प्रदेशसभा निर्वाचनमा सुदुरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा उम्मेदवारी दिने तयारी रहेको पार्टीका सुदुरपश्चिम अध्यक्ष खिमानन्द जोशीले जानकारी दिए।
'हामी कहाँ महिलाले केही गर्न सक्दैनन्,' भन्ने मान्यता छ त्यसलाई तोड्न र ईतिहासमा महिलालाई गौरवमय स्थान दिएको मानसखण्डमा नारीको गरिमा पुनर्स्थापित गर्न गिरीलाई अगाडी सारिएको प्रदेश अध्यक्ष जोशीको भनाई छ।