सुदूर नेपाललाई विश्वसँग जोड्दै

म डडेल्धुराको हुँ भन्ने बित्तिकै बालुवाटार छिर्न पाइन्छ, अरुले पाउदैनन्ः आरजु [भिडिओ]

२०७९ असोज २४, ०१:५० खबर संवाददाता

धनगढीः प्रधानमन्त्रीपत्नी तथा नेपाली काँग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले डडेल्धुराका नागरिकका लागि बालुवाटार प्रवेश सहज भएको बताएकी छन्। आइतबार शेरबहादुर देउवाको मनोनयत दर्ता गराएपछि उनले यस्तो बताएकी हुन्। 

‘बालुवाटार (प्रधानमन्त्री निवास) मा डडेल्धुराको मान्छेले जति एक्सिस अरु कसैले पनि पाउँदैन,’ आरजुले भनिन्, ‘डडेल्धुरा भनेको एउटा म्याजिक वर्डजस्तै हो। खुल्जा सिम-सिमजस्तै। म डडेल्धुराको हुँ भन्ने बित्तिकै भित्र जान पाइन्छ। यहाँको बासिन्दा भन्दा धेरै अरु कसैले पनि काठमाडौंका बासिन्दाले त्यहाँ जान पाउँदैनन्। अहिले डडेल्धुराका गाउँ-गाउँका वडा-वडाका साथीहरुले पनि भेट्न पाएका छन्।’ डडेल्धुरामै आएर भेट्न नसकिएको पनि उनले बताइन्।

उनले थपिन्, ‘उहाँ (शेरबहादुर देउवा) प्रधानमन्त्री हो। देश चलाउनुपर्‍यो। अहिले त झन गठबन्धन पनि चलाउनुपर्‍यो। त्यो ठूलो कुरा होइन। उहाँ दिल दिमागले जहिले पनि यहाँ (डडेल्धुरा) हुनुहुन्छ। हामी अरुजस्तो भोट माग्ने बेलामा आउने अनि टाटा-बाइबाई गर्ने र मुख पनि नदेखाउने र काम पनि नगर्ने होइन। हामीले जत्ति पनि काम गरेका छौ।’

यसअघि आफू बिरामी भएर डडेल्धुरामा कम देखिएको तर अब बढी देखिने उनको दाबी छ।

 

कमेन्ट लोड गर्नुस