सुदूर नेपाललाई विश्वसँग जोड्दै

कार्यकर्ता प्रशिक्षण कार्यक्रममा प्रचण्डको रुवाबासी

२०७९ असोज २८, ०५:०६ खबर संवाददाता

धनगढीः माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) शुक्रबार गोरखामा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा एकाएक भक्कानिएका छन्। उनले आफू गोरखामा किन उम्मेदवार बन्न आएँ भन्ने विषयमा बोल्दाबोल्दै भक्कानिएका हुन्।

प्रचण्ड गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन्। माओ चिनियाँ कम्युनिस्ट आन्दोलनमा विचलन आउँदै गर्दा एकपटक चिनकाङसाङ फर्केको घटना प्रचण्डले सुनाए। उनले भने, ‘माओत्सेतुङ आन्दोलनको तागत बटुल्न चिनकाङसाङ पुगेका थिए। अहिले अन्तिम युद्ध लड्न त्यसैगरी गोरखा आएको हुँ।’

 प्रचण्डले माओवादी आन्दोलनमा विचलन आएको पनि बताए। आफूले युवा अवस्था बिताएको, जनयुद्ध थालनी गरेको, युद्धमा सैनिक तालिम लिएको, पार्टीको पहिलो हेडक्वाटर भएकाले गोरखालाई चिनकाङसाङसँग तुलना गरेका हुन्।

कमेन्ट लोड गर्नुस