गठबन्धनले देशमा भ्रष्टाचार र कालोबजारी बढाउन खोजिरहेको छः भट्ट
धनगढीः नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले सत्ता गठबन्धनले देशलाई टाट पल्टाउन थालेको बताएका छन्। एमाले गोदावरी नगरपालिका वडा नम्वर ८ र ९ का कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्।
उनले नेकपा हुँदाको ३ वर्षे कार्यकालमा भएका विकास निर्माणका काम र गठबन्धन सरकार बनेपछि भएका कामको तुलना समेत गर्न नसकिने बताए। उनले सरकार अहिले जनताको हितमा भन्दा पनि भ्रष्टाचार र कालोबजारी बढाउन खोजिरहेको आरोप लगाए।
आफू सरकारमा बसेका बेला सुदूरपश्चिममा विभिन्न ठूला योजना सुरु गरेको बताउँदै उनले ती योजना सम्पन्न भएमा देशको अर्थतन्त्रमा टेवा पुग्ने बताए।