सुदूर नेपाललाई विश्वसँग जोड्दै

मैले काँग्रेस बनाएको थिए, पुष्करनाथ ओझाले बेइमानी गरेः डिल्लीराज पन्त

२०७९ असोज २९, ०७:३६ खबर संवाददाता

धनगढीः नेपाली काँग्रेसका नेता तथा कैलाली क्षेत्र नम्बर–५ का उम्मेदवार डिल्लीराज पन्तले स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझाले बेइमानी गरेको दाबी गरेका छन्। उनले क्षेत्र नम्बर–५ स्थित एक चुनावी कार्यक्रममा बोल्दै यस्तो दाबी गरेका हुन्। 

पुष्करनाथ ओझालाई आफूले नै नेविसंघको सदस्यता दिएर काँग्रेसमा ल्याएको तर, अहिले आएर राजनीतिक बेइमानी गरेको पन्तको आरोप छ। ओझाले पार्टीको नियम नमानेर स्वतन्त्रका नाममा राजनीतिक बेइमानी गरेको उनको आरोप छ। यस्तै ओझाले पटक–पटक पार्टीलाई धोका दिएको बताएका छन्। 

‘सदस्यता दिएर काँग्रेसमा क्रियाशिल गराए। तर, उनले (पुष्कर) सांसद हुँदै मन्त्रीसम्म बनेपनि पार्टीलाई धोका दिएर राजनीतिक बेइमानी गरे।’ उनले भने। 

कैलालीको क्षेत्र नम्बर ५ मा प्रतिनिभि सभातर्फ पुष्करनाथ ओझाले स्वतन्त्र उम्मेदवारी दिएका छन्। उनी काँग्रेसका पुराना नेता हुन्। गत संसदीय निर्वाचनमा काँग्रेस नेत्री आरजु राणा देउवालाई हराउन भूमिका खेलेको भन्दै उनलाई कारबाही गरिएको थियो।

कमेन्ट लोड गर्नुस