सुदूर नेपाललाई विश्वसँग जोड्दै

निर्वाचन आयोगलाई प्रचण्डको जवाफः मलाई बाजा बजाएको थाहा छैन

२०७९ असोज २९, ०८:१० खबर संवाददाता

धनगढीः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगलाई लिखित रूपमा जवाफ फर्काएका छन्। उम्मेदवारी दर्ताको क्रममा आयोगले बाजा किन बजाएको भनेर स्पष्टीकरण सोधेपछि त्यसको जवाफ फर्काएको शनिबार गोरखामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै जानकारी गराएका हुन्।

आयोगलाई स्पष्टीकरण बुझाएकोबारे उनले भने, ‘अस्ति कसले बाजा बजाएछ। तर, बाजा कहाँबाट आयो मलाई थाहा छैन। निर्वाचन आयोगले स्पष्टीकरण सोधेको थियो। मेरो योजनामा होइन भनेर लिखित स्पष्टीकरण दिएर आएँ।’ उनले आफूले के बोल्छ, के गर्छ भनेर आफूलाई माइक्रोस्पकोले हेर्ने काम भइरहेको उल्लेख गरे।

कमेन्ट लोड गर्नुस