सुदूरपश्चिम घर भएका डीएसपी मल्लको निधन
२०७९ कार्तिक १२, १०:५१
धनगढी: सुदूरपश्चिम घर भएका डीएसपी ईन्द्र मल्लको निधन भएको छ। सुदूरपश्चिमको डडेल्धुरा घर भएका प्रहरी नायब उपरिक्षक (डिएसपी) मल्लको शनिबार निधन भएको हो।
काठमाडौँ प्रहरी गण नम्बर–२ मा कार्यरत मल्लको निधन भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले बताए। यसअघि उनी जिल्ला प्रहरी कार्यालय डोटीमा कार्यरत रहेका थिए। उनको मृत्युको कारण भने प्रहरीले खुलाएको छैन। उनी केही समयदेखि बिरामी रहेको बताइएको छ।
कमेन्ट लोड गर्नुस