सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोरखाबाट उठन पाउँदा रिल्याक्स फिल भएको छः प्रचण्ड

२०७९ कार्तिक १३, १२:०२ खबर संवाददाता

धनगढीः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निश्चित सपना बोकेर गोरखाबाट चुनाव लडन आएको बताएका छन्। शनिबार बिहान घरदैलो कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले राजनीतिक परिवर्तन र क्रान्ति धेरै भए तर गोरखाका जनताको जनजीवनमा परिवर्तन नभएको बताए। 

गोरखा हरेक दृष्टिकोणले महत्वपूर्ण जिल्ला भएको उनले बताए। दाहालले भने,-सायद अहिलेसम्मका निर्वाचनमध्ये यसपटक मेरो लागि सबैभन्दा सहज छ, एक ढंगले भन्ने हो भने गोरखा आउँदा रिल्याक्स जस्तो महसुस गरेको छु। दाहाल गोरखा क्षेत्र नम्बर २ बाट निर्वाचनमा लडदैछन्।'

गठबन्धनभित्र समेत दरिलो एकता भएको उनको भनाइ छ। 
 

कमेन्ट लोड गर्नुस