गुनासा सम्बोधन गर्दैन भन्ने गुनासो अब रहदैन : राजदूत पाण्डे
मलेसियाका लागि नेपालका नवनियुक्त राजदूत उदयराज पाण्डेले दूतावासले कामदारका गुनासा सम्बोधन गर्दैन भन्ने गुनासो अब नरहने बताएका छन। कामदारलाई समस्या पर्दा दूतावासले चासो नदिएको, फोन गर्दा फोन नउठेको गुनासो आइरहेका बेला राजदूत पाण्डेले अब त्यस्तो नहुने बताएका छन्। राजदूत पाण्डेको स्वागतका लागि गैर आवासीय नेपाली संघ मलेसिया गरेको कार्यक्रममा राजदूत पाण्डेले कामदार गुनासो सुन्न र सम्बोधन गर्न दूतावासमा दुई वटा हटलाइन र एउटा चौबिसै घण्टा उठाइने फोन लाइनको व्यवस्था गरिएको भन्दै ‘दूतावासले फोनको रेस्पोन्स नै गर्दैन भन्ने अवस्था अब नरहने बताएका छन्। ती फोनमा फोन गरेर आफूले खोजेको व्यक्तिसँग कुरा राख्न पाइने बताउँदै राजदूत पाण्डेले आफूले खोजेको कर्मचारी वा राजदूतसँग पनि कुरा गर्न पाईने बताए।