सुदूर नेपाललाई विश्वसँग जोड्दै

केपी ओलीलाई हामीले ढालेर देखायौंः माधव नेपाल

२०७९ कार्तिक २४, ०१:५९ खबर संवाददाता

काठमाडौंः नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीलाई टक्कर दिएपछि जथाभावी बोलेर हिँडेका टिप्पणी गरेका छन्। आज बिहान पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले केपी ओलीलाई कसैले ढाल्न सक्दैन भन्नेहरुलाई केपी ओलीलाई ढालेर देखाएको बताए।

उनले भने,‘केपी ओलीलाई लागेको थियो कसैले टक्कर नै दिन सकिन्दै भनेर। टक्कर दिएपछि अहिले केपी ओली बौलाएको होकी के बोल्छन् बोल्छन्। बरबराएको होकी उटपटयाङ कुरा गर्छन्। त्यो सबै संग्रह निकाल्न पर्यो केके बोल्यो सुरु देखि अहिलेसम्म केके गाली गलौजको भाषाहरु बोलेको छ। उनका कुराहरु भनेको आक्रोशले भरिएको छ।’

उनले स्वार्थी मान्छेहरुले जनतालाई गफले अल्मलाएको बताए। उनले चेतना नभएको र भ्रममा परेको जनतालाई जसले पनि अल्मल्याउन सक्ने बताए।

कमेन्ट लोड गर्नुस