मनिषा कोइरालाले रवीन्द्र मिश्रको घरदैलोमा सघाउने
धनगढी: अभिनेत्री मनिषा कोइरालाले रवीन्द्र मिश्रको घरदैलोमा सघाउने भएकी छन्। आसन्न प्रदेश तथा प्रदेश सभा चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को चुनावी प्रचारमा सहभागी भइरहेकी छिन् ।
काठमाडौं क्षेत्र नम्बर–१ बाट उम्मेदवार रहेका राप्रपाबाट वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको चुनावी प्रचारमा कोइराला सहभागी हुन लागेकी हुन्। भोली (मंगलबार) बिहान कोइराला रवीन्द्र मिश्रको घरदैलोमा सहभागी हुने उनले बताएकी छन्।