सुदूर नेपाललाई विश्वसँग जोड्दै

हामीले जिते प्रदेश खारेज गरेर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बनाउँछौँः लिङ्देन

२०७९ कार्तिक २८, ०४:५२ खबर संवाददाता

धनगढीः राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले जनताले प्रत्यक्ष निर्वाचित गर्ने प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने बताएका छन्।

सोमबार हेटौंडामा भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले नेपालको निर्वाचन प्रणाली परिवर्तन गर्दै जनताले प्रत्यक्ष निर्वाचित गर्ने प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने बताएका हुन्। उनले संसद पुर्ण समानुपातिक हुनुपर्ने र सांसदहरुले मन्त्री हुन नपाउने व्यवस्था गर्नुपर्ने समेत बताए।

लिङदेनले प्रदेश संरचनालाई खारेज गर्दै संघ र बलियो स्थानीय तह भएको दुईवटा मात्रै सरकार हुनुपर्ने बताए। नेपालमा प्रदेश संरचना खारेज गरे मात्रै पनि देशलाई श्रीलंका हुनबाट जोगाउन सक्ने उनको भनाई थियो।  ‘अहिले खर्च गरेर चुनाव जित्ने र सांसद किनेर प्रधानमन्त्री हुने,सांसदले मन्त्री हुनको लागि पार्टीलाई पैसा बुझाएर मन्त्री हुने र भ्रष्टचार गर्ने,आफै ऐन बनाउने आफै अख्तियारमा नियुक्त गर्ने अनि भ्रष्टचारीलाई कसले कारवाही गर्ने ?’ लिङदेनले भने।

उनले नेपालका भ्रष्टाचारको अन्त्य गर्नको लागि निर्वाचन प्रणाली परिवर्तन गनुृपर्ने भन्दै आफ्नो पार्टीलाई जिताउन आग्रह गरे। 

कमेन्ट लोड गर्नुस