गण्डकी प्रदेशका एक मन्त्री बर्खास्त
धनगढीः खण्डकी प्रदेश सरकारका एक मन्त्री बर्खास्तमा परेका छन्।
प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्का बर्खास्त भएका हुन्। पार्टीका उम्मेदवारलाई असहयोग गरेको आरोपमा मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले मंगलबार उनलाई बर्खास्त गरेका छन्। उनी उम्मेदवार बन्न नपाएपछि निष्क्रिय थिए। खड्का यसअघि समानुपातिकबाट प्रदेश सभा सदस्य हुन्। उनी नेपाली काँग्रेसका नेता हुन्।
खड्का २०७८ साउन ८ मा मन्त्रीमा नियुक्त भएका थिए। यसअघि सत्ता गठबन्धनकै उम्मेदवारलाई असहयोग गरेको आरोपमा ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री हरिशरण आचार्यलाई पनि बर्खास्त गरिएको थियो।