सुदूर नेपाललाई विश्वसँग जोड्दै

केपी शर्मा ओलीजस्तो गफाडीलाई मत दिए देशै डुब्छः नेपाल

फाइल तस्बिर
फाइल तस्बिर
२०७९ मंसिर १, ०४:२४ खबर संवाददाता

काठमाडौंः नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली जस्तो गफाडीलाई मत दिए देशै डुब्ने बताएका छन्। काठमाण्डौं क्षेत्र नम्बर २ को सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै नेपालले अपवित्र गठबन्धन बनाएका केपी ओलीलाई जनताले मत दिन नहुने जिकिर गरे।

‘केपी ओली सत्तामा हुँदा हावादारी कुरा गरे। घर–घरमा ग्यासको पाइप लाइन जोड्ने भने। पुस १६ गते रेल आउँदैछ टिकट काटेर महाकालीमा जान आह्वान गरे’ नेपालले भने, ‘यस्ता हुने नहुने गफ हाक्ने यस्ता गफाडी यो देशको प्रधानमन्त्री हुन पुगे। अब पनि तिनै गफाडीलाई मत दिएर जितायो भने देशै डुब्छ। जनताको भविष्य चौपट हुन्छ।’ 

जनताको भविष्य राम्रो बनाउने हो भने चुनावमा प्रतिगामी गठबन्धनलाई पराजित गर्नुपर्ने नेपालले बताए। 

कमेन्ट लोड गर्नुस