सुदूर नेपाललाई विश्वसँग जोड्दै

ओनसरी घर्ती प्रधानमन्त्री बन्न लायक संघर्षशील महिला छिन्ः प्रचण्ड

२०७९ मंसिर १, ०६:३३ खबर संवाददाता

धनगढीः नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वसभामुख ओनसरी घर्ती प्रधानमन्त्री बन्न लायक रहेको बताएका छन्। काठमाडौं २ का प्रतिनिधिसभाकी उम्मेदवार घर्तीलाई आफूले सानैदेखि चिनेको र उहाँमा प्रधानमन्त्री बन्ने दृढता रहेको अध्यक्ष दाहालको भनाइ छ।

बिहीबार काठमाडौंमा आयोजित चुनावी सभामा बोल्दै उनले मंसिर ४ गतेको निर्वाचनलाई नेपाली जनताले प्रतिगमनलाई परास्त गर्ने अवसरको रुपमा लिनुपर्ने समेत दोहोर्‍याए।

उनले भने, ‘ओनसरी घर्ती महिला प्रधानमन्त्री बन्न लायक संघर्षशील महिला हो ओनसरी घर्ती। त्यसकारण यो अवसर भनेको यस क्षेत्रका लागि एक ऐतिहासिक अवसर नै आएको छ। दुई वटा गठबन्धन छन्। हामी इमान्दार र खुला ढंगले भन्छौं।’

कमेन्ट लोड गर्नुस