एमालेका योगेश भट्टराई दोहोरिए
२०७९ मंसिर ७, ०३:३५
धनगढीः ताप्लेजुङबाट एमाले उम्मेदवार योगेश भट्टराई फेरि विजयी भएका छन्। भट्टराईले नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीलाई २०८ मतले पराजित गरेका हुन्।
भट्टराई विजयी भएको औपचारिक घोषणा हुन बाँकी छ। एमाले विभाजनमा नयाँ खेमातिर नगएका १० भाइमध्ये उनी र गुल्मीका गोकर्ण बिष्टले टिकट पनि पाए, विजयी पनि भए।
कमेन्ट लोड गर्नुस