चुनाव नलडेका वामदेव सुदूरपश्चिमतिर, कर्णाली पुलको फोटो सार्वजनिक
धनगढीः देश यति बेला चुनावमय बनेको छ। संसदीय निर्वाचनले देशको राजनीति तातेको समयमा नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम भने सुदूरपश्चिम घुमफिरमा छन्।
तत्कालीन नेकपा विभाजनसँगै कम्युनिष्ट पार्टी एकता अभियान चलाइरहेका गौतम यसपालिको चुनावमा सहभागी भएनन्। सत्ता गठबन्धनले टिकट नदिएपछि चुपचाप बसेका उनी अहिले घुमघाममा व्यस्त रहेका छन्।
निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा कर्णाली पुलमा गौतमले पत्नी तुलसा थापा मगरसहित लिएको तस्वीर सामाजिक सञ्जाल फेसबुकमा राखेका छन्।