सुदूर नेपाललाई विश्वसँग जोड्दै

बेलायतमा सुन्दर सुदूरपश्चिम नेपाली परिवार गठन

२०७५ चैत्र १०, ०५:२४ खबर संवाददाता

बेलायतमा बसोबास गर्दै आएका सुदूरपश्चिमेलीहरुले संगठन निर्माण गरेका छन्। बेलायतमा बसोबास गर्ने सुदूरपश्चिमका नेपालीहरुको पहिलो भेलाले सुरेन्द्र ढुंगानाको नेतृत्वमा सुन्दर सुदूरपश्चिम नेपाली परिवार यूके गठन गरिएको हो। १५ सदस्यीय कार्यसमितिमा उपाध्यक्षमा खेमराज जोशी र शैली चन्द, महासचिवमा गणेश अधिकारी, उप–महासचिवमा योगेश महत र कोषध्यक्षमा सृष्टि चन्द चएन भएका छन्। सदस्यहरुमा नरेश जोशी, पुष्प शाही, आयुष चन्द, विजयराज भण्डारी रहेका छन्। बेलायतमा बसोबास गर्ने सुदूरपश्चिमेलीहरुले एक आपसमा सहयोग र सहकार्य बढाउने उदेश्यले संगठीत भएका हुन्। 
 

कमेन्ट लोड गर्नुस