सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओली परामर्शमा

२०७९ पुष ३०, ११:५७

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको सो भेटमा सरकार विस्तार, सभामुखको निर्वाचनलगायत विषयमा परामर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। दाहाल यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए। सोही दिन उनले सानो आकारको मन्त्रिमण्डल बनाए।    
 
आगामी माघ ५ गते प्रतिनिधिसभाको सभामुखको निर्वाचन हुँदैछ। नेपालको संविधानको धारा ९१ को उपधारा ९१० मा प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यले आफूमध्येबाट सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने व्यवस्था गरेको छ।

कमेन्ट लोड गर्नुस