सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल संवत् राष्ट्रिय पहिचान र मौलिक संस्कृतिसँग जोडिएको छः प्रचण्ड

२०८३ कार्तिक २४, ०३:३८ रासस

काठमाडौँ : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवत् ११४७ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरे ।

नेपाल संवत् ११४७ प्रारम्भ भएको अवसरमा आज शुभकामना दिँदै उनले नेपाल संवत् नेपालको मौलिक इतिहास, सभ्यता, संस्कृति र राष्ट्रिय पहिचानसँग जोडिएको बताए ।

पूर्वप्रधानमन्त्री दाहालले आफ्नो नेतृत्वमा रहेको पहिलो गणतन्त्रात्मक सरकारले २०६५ सालमा नेपाल संवत्लाई ‘राष्ट्रिय संवत्’का रूपमा मान्यता दिने ऐतिहासिक घोषणा गरेको स्मरण गरे ।

राष्ट्रिय विभूति शङ्खधर साख्वाको विशिष्ट योगदानको स्मरण गर्दै संयोजक दाहालले यस संवत्ले राष्ट्रिय एकता, सामाजिक सद्भाव, आपसी सहिष्णुता र समृद्धिको भावना अझ सुदृढ बनाउन प्रेरणा प्रदान गरोस् भनी कामना गरे ।

साख्वाले विसं ९३७ ९इसं ८८०० मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवत् सुरु गराउनुभएको इतिहास छ । लिच्छविकालीन राजा राघवदेवको शासनकालमा सुरु भएको नेपाल संवत् नेपालकै मौलिक संवत् हो । रासस

कमेन्ट लोड गर्नुस