सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा सभामुखको निर्वाचन गर्न सर्वदलीय बैठक जारी

२०७९ पुष ३०, १२:४७ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशको सभामुखको निर्वाचन समय तोक्न सर्वदलीय बैठक जारी छ। प्रदेश सभाका ज्येष्ठ सदस्य शिवराज भट्टले बोलाएको सर्वदलीय बैठकले अन्योलमा रहेको सभामुख निर्वाचनको समय निर्धारण गर्ने छ।

सभामुखका लागि माओवादी केन्द्रका भीम भण्डारी र काँग्रेसका मानबहादुर रावल उम्मेदवार छन्। बिहीवार दुबैले बहुमत ल्याउन सकेनन्। शुक्रवार पुन निर्वाचन गर्ने भनिएकोमा स्थगित गरिएको थियो। बिहीवार दिनभर बैठक बस्न सकेन। प्रदेश सभाको सचिवालयले अर्को सूचना सार्वजनिक नभएसम्मका लागि सभा स्थगित गरिएको सूचना सार्वजनिक गरेको थियो। बिहीवार दलहरुको बिचमा बैठकसमेत हुन सकेन्।  

प्रदेश सभा सहभागी सबै दलका प्रतिनिधिहरू बैठकमा उपस्थित भएका प्रदेश सभा सचिवालयले जनाएको छ। उनीहरुको सहमतिका आधारमा सभामुख निर्वाचनको मिति तोकिने छ। सुदूरपश्चिममा ५३ जना प्रदेश सभा सदस्यछन्। सभामुख निर्वाचित हुन २७ जना प्रदेश सभा सदस्यको मत आवस्यक हुन्छ।  


 

कमेन्ट लोड गर्नुस