सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२०७९ माघ ५, ०९:५१ खबर संवाददाता

 
काठमाडौं: प्रतिनिधिसभाको बैठक आज बस्दै छ। वर्तमान संसद्को पहिलो अधिवेशनको तेस्रो बैठक बस्न लागेको हो। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहान ११ बजे बैठक सुरु हुनेछ।

आजको बैठकको सुरुआतमा सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची छ। त्यसपछि सभामुख पदको निर्वाचन प्रक्रिया थालिनेछ। सभामुखका लागि सत्ता गठबन्धनका तर्फबाट नेकपा (एमाले)का सांसद देवराज घिमिरे र विपक्षी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपाने प्रतिस्पर्धामा छन्।

कमेन्ट लोड गर्नुस