सुदूरपश्चिमका मुख्यमन्त्री रावल प्रधानमन्त्री निवास बालुवाटारमा
धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिँह रावल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्। सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र मुख्यमन्त्री रावल बीच भेटवार्ता भएको हो। उनीहरुबीच बधाई तथा शुभकामना आदानप्रदान भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
२७ पुसमा नेकपा एमालेका संसदीय दलका नेता राजेन्द्रसिंह रावल माओवादी, राप्रपा र नागरिक उन्मुक्तिको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। माघ २७ भित्र मुख्यमन्त्री रावलले प्रदेश सभामा बहुमत सिद्ध गर्न सक्नु पर्छ। तर नागरिक उन्मुक्ति पार्टीको अडानले मुख्यमन्त्री रावललाई विश्वासको मत जुटाउन सकस परेको हो। उनी केन्द्रको सहमती खोज्दै काठमाडौं गएका छन्।