पहिलोपटकका निर्णय कार्यान्वयनमा लैजाने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता
काठमाडौं: प्रधानमन्त्री प्रचण्डले आफू पहिलोपटक प्रधानमन्त्री भएका वेला सहिदहरूका सम्बन्धमा गरेको निर्णय कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्। राष्ट्रिय सहिद तथा बेपत्ता स्मारकको सोमबार उद्घाटन गर्दै उनले तेस्रोपटक प्रधानमन्त्री बनेका वेला पहिलोपटकका निर्णय कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाएका हुन्।
उनले यसपटक प्रधानमन्त्री भएपछि आफूले पहिलोपटक प्रधानमन्त्री हुँदा सहिदहरूका बारेमा गरेको निर्णयको फाइल खोजेर हेरेकोसमेत बताए। दश वर्षे जनयुद्ध र विस्तृत शान्ति सम्झौताको स्मरण गर्दै उनले सत्ता पक्षबाट सात राजनीतिक दलको नेतृत्व गरेर शान्ति सम्झौतामा हस्ताक्षर गर्ने तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाप्रति पनि आभार व्यक्त गरे ।