सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘राप्रपा नेपाल’ फुटको संघारमा  

२०७९ माघ २१, ०६:०३ खबर संवाददाता

काठमाडौँः कमल थापा नेतृत्वको ‘राप्रपा नेपाल’ फुट्ने भएको छ ।
पार्टीका उपाध्यक्ष लाक्पा तामाङको नेतृत्वमा पूर्व राप्रपा नेपालको टिम पार्टी छाडेर नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्ने भएको हो। यसअघि राप्रपा नेपालका अध्यक्ष रहेका तामाङले थापालाई गत फागुनमा अध्यक्ष पद सुम्पिएका थिए।

तामाङले त्यतिबेला थापालाई उनको नासो सुम्पिएको बताएका थिए। तामाङले आइतबार पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिने बताइएको छ। पार्टीको औचित्य नै नभएका कारण आफूहरूले पार्टी परित्याग गर्न लागेको असन्तुष्ट समूहले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस