राष्ट्रियसभा उपाध्यक्षमा कांग्रेसले उम्मेदवारी नदिने
काठमाडौँः नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी नदिने निर्णय गरेको छ ।
केहि समय अगाडी सम्म उपाध्यक्षमा उम्म्मेदनारी दिने भने पनि आज बिहान कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पार्टीका शीर्ष नेताको बैठकले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी नदिने निर्णय गरेको हो ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकका अनुसार विपक्षी गठबन्धनको सहमति अनुसार उम्मेदवारी नदिने निर्णय भएको बताए।
यद्यपि कांग्रेसले माओवादी उम्मेदवार उर्मिला अर्याललाई मत दिने नदिनेबारे भने कांग्रेसले निर्णय गरेको छैन ।