सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रियसभा उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध

२०७९ माघ २२, १२:१० खबर संवाददाता

काठमाडौंः राष्ट्रियसभा उपाध्यक्षका लागि सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उर्मिला अर्यालले उम्मेदवारी दिने भएकी छन्।

नेपाली कांग्रेसले राष्ट्रियसभामा उपाध्यक्षमा उम्मेदवारी नदिने निर्णय गरेको छ। योसँगै राष्ट्रियसभा उपाध्यक्षमा अर्याल निर्विरोध चयन हुने पक्का भएको छ। उपाध्यक्षको मनोनय आज हुँदैछ। राष्ट्रियसभामा हाल ५८ सांसद छन्।

जसमा एमालेबाट १८ र माओवादीबाट १६ सांसद छन्। नेपाली कांग्रेसका ११, नेकपा एकीकृत  समाजवादीका ७, लोकतान्त्रिक समाजवादी पार्टीका १ र जनमोर्चाको १ सिट  गरी २० सिट रहेको छ।
बहुमतका लागि २९ सांसद आवश्यक हुन्छ।
 

कमेन्ट लोड गर्नुस